एमालेको सरकार बचाउन गण्डकीमा कीर्ते, संविधानको उल्लंघन भएको भन्दै कांग्रेसद्वारा विरोध
काठमाडौं । नेपाली कांग्रेस गण्डकीले गण्डकी प्रदेश सरकार बचाउन भएको संविधान विपरितको कार्यको घोरभर्त्सना र आपत्ति जनाएको छ ।
आइतबार विज्ञप्ति जारी गरेर गण्डकी कांग्रेसले संवैधानिक व्यवस्थाको घोर उल्लंघन भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सभामा आज मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन राख्नु भएको प्रस्तावको हुन्छ भन्ने पक्षमा ३० मत, हुन्न भन्ने पक्षमा २७ मत र तटस्थमा २ मत परेको छ ।’
‘कुल ६० जना प्रदेश सभा सदस्य रहेको सभामा सरकार बन्नको लागि आवश्यक पर्ने बहुमत नपुगेको अवस्थामा अध्यक्षता गरिरहनुभएको सभामुखले प्रदेश सभा सदस्यमा ५१ प्रतिशत गणना गर्दा न्यूनतम ३१ जना प्रदेश सभा सदस्य प्रस्तावको पक्षमा हुनु पर्ने संवैधानिक प्रकृयालाई उल्लंघन गरी प्रस्तावको पक्षमा ३० जना सभासदको हस्ताक्षरलाई बहुमत प्राप्त भएको भनि गरिएको असंवैधानिक घोषणाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ’, कांग्रेसले भनेको छ ।
‘यस घटनाले संवैधानिक सर्वोच्चता, संसदीय मर्यादा र परम्परामाथि धावा बोल्ने यस कार्यप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश घोर आपत्ति प्रकट गर्दछ’, कांग्रेसले भनेको छ ।
गण्डकी प्रदेशमा एमालेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदा ३० मत मात्रै पाएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार बनाउन वा विश्वासको मत पाउन न्यूनतम ३१ मत आवश्यक पर्छ । ३० मत पाउँदा पनि एमालेको सरकारले विश्वासको मत पाएको भनेर सभामुखले घोषणा गरेका छन् । एमालेको सरकार बचाउन नेकपा (माओवादी केन्द्र)ले पनि संविधान विपरितको कार्य गर्दै कीर्ते हर्कत गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया