सुदूरपश्चिम सरकारमा खिचडी, कांग्रेसले प्रतिवाद गर्ने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरेको छ ।
बिहीबार कैलालीमा बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक बिक्रम धामीले बताए ।
मुख्यमन्त्री सोडारीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् । सोडारी समेतको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेपनि प्रदेश प्रमुखले झुक्याएर फेरि प्रक्रिया थालेर सोडारीलाई नियुक्त गरेका कारण विश्वासको मत लिने कदम अर्को त्रुटि भएकाले प्रतिवाद गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक धामीले बताए ।
वैशाख ६ गते एमाले, माओवादी केन्द्र र नाउपाको रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले शुक्रबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
वैशाख २ गते नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । एउटै दलबाट दुई जनाको दाबी परेको कारण देखाउदै प्रदेश प्रमुख नजिर मियाँले दोस्रो पटक सरकार गठनका लागि ४ वैशाखमा आह्वान गरेका थिए ।
वैशाख ६ गते सोडारीले दाबी पेश गरेपछि मुख्यमन्त्रीमा नियुक्ति पाएका थिए । उनको नियुक्तिविरूद्ध नाउपाका लक्ष्मणकिशोर चौधरी सर्वोच्च पुगेका थिए । सोडारीविरुद्ध दायर रिट सर्वाच्चमा विचाराधीन अवस्थामा छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया