इनड्राइभका चालकद्वारा सेवाग्राहीलाई कुटपिट, तामाङ पक्राउ
काठमाडौं । इनड्राइभका चालकलाई कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
चैत १४ गते दिउँसो काठमाडौंको थापाथलीस्थित कलेज अगाडिबाट इनड्राइभ गरी थापाथलीसम्म आउने क्रममा नर्भिक अस्पताल छेउमा पुगेपछि मोटर साईकल चालकले अर्को बाटो लान खोजेपछि विवाद भएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीलाई खबर गर्छु भनि चाबी निकालेकोमा उक्त चाबी खोसाखोस गर्ने क्रममा दाहिने हातको ३ वटा औला भाँचिएको र इनड्राइभ चालक फरार भएको भनि केशव घिमिरेले प्रहरी बृत्त सिंहदरबारमा निबेदन पेश गरेका थिए ।
घटनाको अनुसन्धान गर्ने क्रम्मा वैशाख ५ गते दिउँसो नवलपरासी जिल्लाको भबादी गाउँपालिका वडा नं. २ जुगेलपानी घर भई हाल काठमाडौंको टोखा बस्ने वर्ष २६ को जोन तामाङ्गलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया