तुलसीपुरमा १५ वर्षीया किशोरीलाई करणी
घोराही । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको तुलसीपुरमा एक जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१३ साजखुटी बसन्तखेत बस्ने ६२ वर्षीय मानबहादुर सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सुनारले ती किशोरीलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फूलबारी र तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Saturday, 2024 April 13, 10:10 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया