सुवासकुमारीको हत्या गर्ने दीपक लिम्बू पक्राउ
काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले तेह्रथुममा एकजनालाई पक्राउ गरेको छ ।
आफ्नै श्रीमती ५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको अभियोगमा म्याङलुङ नगरपालिका–६ सुर्के बस्ने ४६ वर्षीय दीपक लिम्बूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
दीपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो ।
Published : Tuesday, 2024 April 2, 3:44 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया