किशोरीलाई वेश्यावृत्तिमा लगाउने उदयपुरका नवीन काठमाडौंमा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको मावन बेचबिखन अनुसन्धान व्यूरोले किशोरीलाई वेश्यावृत्तिमा लगाउने कार्य गरेको अभियोगमा २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरेको छ ।
व्यूरोको टोलीले मगरलाई काठमाडौंमा आइतबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक ओमबहादुर रानाले बताए ।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ६ स्थायी घर भइ काठमाडौंको बालाजु बस्दै आएका मगरलाई १३ वर्षीया किशोरीलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मगरले किशोरीलाई डर, त्रासमा पारी आफूले सञ्चालन गरेको लाफा खाजाघरमा वेश्यावृत्ति गराएको व्यूरोले जनाएको छ ।
मगरलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको छ ।
Published : Monday, 2024 April 1, 9:03 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया