सिद्धार्थ भिलासालाई पाँचतारे होटलको मान्यता
भैरहवा । पर्यटन विभागले रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ भिलासा होटललाई पाँचतारे होटलको मान्यता दिएको छ ।
होटल करिब ५ बिगाहा क्षेत्रफलमा बनेको छ । होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरी ८५ वटा रूम रहेका छन् ।
होटलमा साना ठूला गरी पाँचवटा कन्फ्रेरेन्स हल र पाँचवटै रेस्टुरेन्ट आउटलेट छन् । होटलमा एक हजार पाँच सय जना क्षमताको ब्याङ्क्वेट हल रहेको छ । होटलमा जिम, ज्याकुजी, स्टिम, स्पालगायत वेल्नेस सुविधा उपलब्ध छन् ।
होटलमा क्यासिनो सञ्चालन गर्ने तयारी पनि छ । उत्कृष्ट क्यासिनो सञ्चालन गर्न सकिने संरचना निर्माण भएको छ ।
Published : Friday, 2024 March 29, 8:07 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया