माल्दिभ्ससँग भारत नराम्रोसँग पराजित
काठमाडौं । सेमीफाइनलमा नेपाललार्इ पराजित गराएको माल्दिभ्सले भारतलार्इ पराजित गर्दै साफ फुटबलको उपाधि उचालेको छ ।
बंगलादेशको ढाकामा शनिबार सम्पन्न १२ औं साफको फाइनलमा भारतलाई २–१ गोलअन्तरले पराजित गर्दै माल्दिभ्स दोस्रो पटक च्याम्पियन बनेको हो ।
यसअघि २००८ को साफ च्याम्पियनसिपको उपाधि पनि माल्दिभ्सले उचालेको थियो । बंगबन्धु स्टेडियममा भएको फाइनलमा भारतविरुद्ध माल्दिभ्सका इब्राहिम माहुदी र अलि फसरले गोल गरे ।
भारतका लागि अतिरिक्त समयमा सुमित पासीले सान्त्वना गोल फर्काए । समूह चरणमा माल्दिभ्स बिना गोलपनि श्रीलंकासँग समान अंक र गोलअन्तर भएपछि गोलाप्रथामा भाग्यमानी बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई र समूह विजेता भारतले पाकिस्तानलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत