माल्दिभ्ससँग भारत नराम्रोसँग पराजित

काठमाडौं । सेमीफाइनलमा नेपाललार्इ पराजित गराएको माल्दिभ्सले भारतलार्इ पराजित गर्दै साफ फुटबलको उपाधि उचालेको छ ।

बंगलादेशको ढाकामा शनिबार सम्पन्न १२ औं साफको फाइनलमा भारतलाई २–१ गोलअन्तरले पराजित गर्दै माल्दिभ्स दोस्रो पटक च्याम्पियन बनेको हो ।

यसअघि २००८ को साफ च्याम्पियनसिपको उपाधि पनि माल्दिभ्सले उचालेको थियो । बंगबन्धु स्टेडियममा भएको फाइनलमा भारतविरुद्ध माल्दिभ्सका इब्राहिम माहुदी र अलि फसरले गोल गरे ।

भारतका लागि अतिरिक्त समयमा सुमित पासीले सान्त्वना गोल फर्काए । समूह चरणमा माल्दिभ्स बिना गोलपनि श्रीलंकासँग समान अंक र गोलअन्तर भएपछि गोलाप्रथामा भाग्यमानी बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई र समूह विजेता भारतले पाकिस्तानलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएका थिए ।

Published : Saturday, 2018 September 15, 9:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया