कुमियाँदेवी दासको हत्या, सीतापुरका रामशीतल पक्राउ
लहान । श्रीमतीको हत्या गरेको अभियोगमा सिरहा जिल्लाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै श्रीमती ४० वर्षीया कुमियाँदेवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय रामशीतल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कुमियाँदेवीको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्याको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितापुर र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
Published : Friday, 2024 March 15, 12:04 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया