कम्युनिस्ट गठबन्धनका प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।
सोमबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निर्देशन (ह्वीप) जारी गरेर प्रधानमन्त्री दाहालले फागुन ३० गते बिहान ११ बजे विश्वासको मत लिन लागेका प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।
प्रमुख सचेतक लेखकले आफ्नो पार्टीका सबै सांसदहरूलाई प्रतिनिधिसभाको बैठकमा अनिर्वाय रुपमा उपस्थिति हुन पनि निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले एमालेसहितका दलहरूको समर्थनमा फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिन लागेका छन् । दाहालले तीन वटा गठबन्धन बनाइसकेका छन् ।

Published : Monday, 2024 March 11, 12:24 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया