रक्सीले मातेकी पत्नीले लठ्ठीले हान्दा पतिको ज्यान गयो
बनेपा । काभ्रे जिल्लामा रक्सीले मातेकी पत्नीले लठ्ठीले प्रहार गर्दा ५९ वर्षीय धनवीर दमाईको ज्यान गएको छ ।
नमोबुद्ध नगरपालिका–५ कानपुर बस्ने धनवीर दमाईलाई लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ४० वर्षीया कमला परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
कमलाले मादक पदार्थ सेवन गरी लठ्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको थियो । लठ्ठी प्रहारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
Published : Saturday, 2024 March 9, 4:26 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया