सुर्पाल र होलेरीबाट खटिएको प्रहरीद्वारा आकाशलाई पक्राउ
रोल्पा । जबरजस्ती करणी गरेको अभियोगमा रोल्पामा प्रहरीले २६ वर्षीय तुलबहादुर भन्ने आकाश घर्ती मगरलाई पक्राउ गरेको छ ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रून्टीगढी गाउँपालिका–१ लापल बस्ने घर्तीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
आकाशले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको अभियोगमा पीडितका आफन्तबाट जाहेरी परेको थियो ।
पीडितको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट सुर्पाल र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
Published : Friday, 2024 March 8, 7:53 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया