रामेछापका थापा पुतलीसडकबाट पक्राउ
काठमाडौं । ठगीको आरोपमा प्रहरीले काठमाडौंबाट २६ वर्षीय गोविन्द थापालाई पक्राउ गरेको छ ।
रामेछापको उमाकुण्ड नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौंको बालुवाटारमा बस्ने थापालाई वैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार थापालाई पुतलीसडकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले पक्राउ गरेको हो ।
थापाले ईन्द्रकुमार खवासलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भनेर प्रलोभनमा पारेर रकम ठगी गरेका थिए ।
आठ लाख रुपियाँ लाग्छ भनेर थापाले पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम रोजगारी लगाइदिने आश्वासन दिएका थिए ।
पोल्याण्डमा मासिक एक लाख रुपियाँ तलब हुन्छ भनेर विश्वास दिलाएको प्रहरीले जनाएको छ ।
थापाले पीडितबाट पटक पटक गरी ३ लाख ७० हजार रुपियाँ रकम लिई सम्पर्क विहीन भएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया