प्यूठानका पोखरेल सामाखुशीबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले सामाखुशीबाट ३८ वर्षीय दामोदर पोखरेललाई पक्राउ गरेको छ ।
प्यूठानको झिम्रुक गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका वडा नं. १० मनमैजु बस्ने नारायणबहादुर पोखरेलको छोरा दामोदर पोखरेललाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दामोदर पोखरेलले सुवास गुरुङलाई वैदेशिक रोजगारीको लागि यू.के. पठाइदिन्छु भनेर ठगी गरेका छन् । दामोदर पोखरेलले सुवास गुरुङसँग ६ लाख रुपियाँ लाग्छ भनेर ठगी गरेको प्रहरीले जनाएको छ ।
यू.के. पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु र मासिक एक लाख रुपियाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर दुई लाख रुपियाँ रकम लिई सम्पर्क विहीन भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी टोलीले दामोदर पोखरेलको खोजतलास गर्ने क्रममा फागुन १७ गते दिउँसो १ बजेको समयमा सामाखुशीबाट पक्राउ गरेको थियो । थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया