व्यापारी चन्द्र ढकालकाे मन्दिरमा लगे ओलीले पत्नीलाई घुमाउन, कम्युनिस्टहरूलाई नाङ्गो बनाए
काठमाडौं । `धर्म अफिम हाे´ भन्ने कम्युनिष्टहरूले धर्मलाई मागी खाने भाँडाे बनाउन लागेका छन् । एमालेका अध्यक्ष केपी ओलीले आफूलाई धर्मतिर निकै लिप्त भएर लगाएका छन् ।
ओलीले आइतबार काठमाडौंकाे चन्द्रगिरीमा रहेको भालेश्वर महादेवकाे दर्शन गरेका छन् । पत्नी राधिका शाक्यलाई साथमा लिएर दलबलसहित पुगेका ओेलीले निकै श्रद्धाका साथ पूजा र दर्शन गरेकाे तस्बिर सार्वजनिक गरेका छन् ।
ओलीका स्कीय सचिव राजेश बज्राचार्य पनि साथमा रहेका थिए । उनीहरूले पनि पूजा गरेका छन् ।
कम्युनिस्टहरूले धर्मलाई मान्दैनन् भन्ने ढाेङलाई पुष्टि गरेका छन् । ओलीका यस्ता हर्कत र गतिबिधिले कम्युनिस्टहरू नाङ्गो भएका छन् ।
चन्द्रगिरीमा गएर व्यापारी चन्द्र ढकालकाे केबलकार र भालेश्वर मन्दिरको प्रचार गरिदिएका छन् । चन्द्रगिरी केबलकारले सरकारी बन मिचेकाे आराेप लाग्दै आएकाे छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया