एमालेका नेता मुख्यमन्त्री भएका बेला मन्त्री बनेका राप्रपाका सांसद भ्रष्टाचार काण्डमा परेपछि निलम्बन, राप्रपा र एमालेकाे चुरीफुरी डाउन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दाएर गरेपछि लुम्बिनी प्रदेशसभाले राप्रपाबाट निर्वाचित लुम्बिनी प्रदेशसभाका सदस्य जानकीप्रसाद यादवलाई निलम्बन गरेकाे छ ।
कपिलवस्तु क्षेत्र नं. ३ ‘२’ बाट निर्वाचित यादवविरूद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेश सभा सचिवालयले निलम्बन गरेको विज्ञप्तिमार्फ जनाएको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गरेर आयाेगले विशेष अदालतमा मुद्दा दर्ता गरेको अवस्थामा मुद्दाको किनारा नलागेसम्मका लागि स्वतः निलम्बन हुने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको भनेका छन् ।
अख्तियारले उनीसहित डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट लगायत १९ जनाविरुद्ध विशेष आदलतमा फागुन ८ मा मुद्दा दायर गरेको हो । सो मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बन हुने कानूनी व्यवस्था रहेकाले कार्यान्वयन गराउन भनी अख्तियारले गत मंसिर १५ गते निर्णय भएको व्यहोरा उल्लेख गरी गत फागुन ८ गते पत्राचार गरेको थियो । सांसद यादव रुख कटानको ठेक्का स्वीकृत गर्दा साझेदारी वन ब्यवस्थापन समिति संयोजक थिए ।
आव ०७४/७५ र ०७५/७६ मा जिल्लाको बुद्धभूमि नगरपालिकामा रहेको गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितिको काठ तथा दाउराको राजस्व हिनामिना अभियोगमा अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २९ लाख १२ हजार १ सय ९३ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर भएको छ ।
६ हजार ७ सय ६१ क्युफिट काठ र ४.५४ चट्टा दाउरा बापत आउने राजस्व नै दाखिला नगरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग अख्तियारले लगाएको छ ।
आरोपी यादव एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री हुँदा यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्रीसमेत बनेका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि यादव जसपाबाट स्थानीय तह निर्वाचनमा विजयनगर गाउँपालिका अध्यक्षका उम्मेदवार थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया