कांग्रेस महासमितिमा पेश भएका ४ प्रस्तावहरू सर्वसम्मत पारित, सभापति देउवाले कौशलता देखाए
गाेदावरी । नेपाली कांग्रेसले महासमिति बैठकमा पेश भएका चार वटा प्रस्तावहरू सर्वसम्मतबाट पारित भएका छन् ।
बिहीबार ललितपुरको गाेदावरीमा बसेकाे महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाद्वारा पेश गरिएका चार वटा प्रस्तावहरू सर्वसम्मत पारित भएकाे हाे ।
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका छन् ।
महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले ताली बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
सभापति शेरबहादुर देउवाले प्रस्तावहरूलाई सर्वसम्मत गराउन गाेदावरीमा कार्यसम्पादन समितिको बैठक राखेका थिए । देउवाकै पहलमा महासमिति बैठक एक भएकाे छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया