तुलसीपुरका फरार वली लेटारबाट पक्राउ
घोराही । जिल्ला प्रहरी कार्यालय दाङले चेक अनादर मुद्दाका फरार प्रतिवादी ४५ वर्षीय उमेन्द्रबहादुर वलीलाई प्रकाउ गरेको छ ।
दाङ जिल्ला अदालतबाट २०७९ सालको भदौ ६ गते चेक अनादर मुद्दामा वलीलाई २ वर्ष कैद सजाय फैसला भएको थियो । फैसलापछि वली फरार भएका थिए ।
तुलसीपुर उप–महानगरपालिका वडा नं. ८ नयाँबस्ती बस्ने वलीलाई खोजतलास गर्ने क्रममा माघको २१ गते घोराही उप–महानगरपालिका वडा नं. १६ लेटारस्थित लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको दाङ प्रहरीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
Published : Monday, 2024 February 5, 6:27 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया