राष्ट्र बैंकले ९ सहकारीलाई अनुमगन गर्ने
काठमाडौं । सरकारले ठूला ९ सहकारीहरुलाई अनुगमनका लागि राष्ट्रि बैंकलाई सिफारिस गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लालीगुराँस बहुउद्देश्यीय सहकारी पुल्चोकसहितका सहकारीलाई अनुगमनका लागि पठाएको हो ।
राष्ट्र बैंकसँग मन्त्रालयले अनुगमनका लागि गोर्खा सेभिङ एन्ड क्रेडिट ललितपुर, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय काठमाडौं, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था काठमाडौं, गौतम श्री बहुउद्देश्यीय काठमाडौंलाई पनि लेखेर पठाएको छ ।
राष्ट्रिय सहकारी बैंक पुल्चोक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था काठमाडौं, शुभरत्न बचत तथा ऋण सहकारी संस्था काठमाडौं र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ ललितपुरको अनुगमन गर्न मन्त्रालयले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
सहकारीहरुको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस गरेपछि समस्यामा रहेका सहकारीलाई केही सहज हुने अनुमान छ ।
वैशाखमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको थियो । कार्यदलले १३ वटा तत्कालीन सुझाव, १३ वटा अल्पकालीन र ३३ वटा दीर्घकालीन सुझाव दिएको थियो ।
सहकारी ऐन, २०७४ अनुसार ५० करोड रुपैयाँभन्दा माथि पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले गर्नुपर्ने व्यवस्था छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया