काठमाडौंमा २४ वर्षीय रोजिन पक्राउ
काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २४ वर्षीय रोजिन न्यौपानेलाई पक्राउ गरेको छ ।
पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपियाँ ठगी गरेको अभियोगमा नुवाकोटको लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
न्यौपानेले ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख २० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं माछापोखरीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया