सहकारी ठगी काण्डमा माओवादी ओखलढुंगाका सचिव पक्राउ
ओखलढुङ्गा । बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् ।
बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
सहकारीका अध्यक्ष सुनुवार नेकपा (माओवादी केन्द्र) ओखलढुङ्गाका जिल्ला सचिव हुन् । चम्पादेवी गाउँपालिका–९ बिलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष सुनुवारलाई काठमाडाैं महानगरपालिका–६ बौद्धबाट र मोलुङ गाउँपालिका–४ हर्कपुर ओखलढुङ्गाका पदमबहादुर खत्रीलाई घरैबाट बुधवार पक्राउ गरिएको प्रहरी निरीक्षक बलिष्टार सिंहले बताए ।
पक्राउ पुर्जी जारी भएपछि ककनी गौरीवन सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सञ्चालन समितिका पदाधिकारी फरार भएका थिए । सहकारी अन्य सञ्चालक समितिका पदाधिकारी पनि फरार छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया