योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अब बैंकले धितोबेस कर्जा भन्दा पनि योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जाभन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताएका छन् ।
अर्थमन्त्री डा.महतले अब बैंकले धितोबेस कर्जाभन्दा पनि प्रोडक्ट अर्थात् आयोजनामा आधारित भएर कर्जा प्रवाह गर्नु आवश्यक रहेको बताएका छन् ।
अर्थमन्त्री डा.महतले बैंकले प्रोजेक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भएको वा नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताए । उनले प्रोजेक्टबेस कर्जामा बैंक जाने हो भने विस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया