रोल्पाका कमलसहित दुई जना काठमाडौंमा पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट दुई जनालाई नक्कली डलर जस्तो देखिने विदेशी मुद्रासहित पक्राउ गरेको छ ।
सोमबार राति टोखा नगरपालिकाको वडा नं. १० गोंगबु नर्थ क्याफे नजिक नक्कली अमेरिकन डलरको अवैध कारोबार भई रहेको भन्ने सूचना प्राप्त हुना साथ प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले दुई जनालाई नक्कली जस्तो देखिने अमेरिकन डलरसहित पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको बौद्ध बस्ने वर्ष ५० को कमल बुढा र नवलपर जिल्लाको कावासोती नगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १० नेपालटार बस्ने वर्ष २९ को कमल भट्टराई रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नक्कली जस्तो देखिने अमेरिकन डलरको ५० दरका थान – १७० बरामद गरेको छ ।
अवैध कारोबार गरी रहेको अवस्थामा फेला पारी नक्कली जस्तो देखिने अमेरिकन डलरको ५० दरका थान– १७० फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी वृत्त महाराजगंज काठमाडौंबाट थप अनुसन्धान कार्य भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया