बाँकेका छ जना बाग्लुङमा बन्दुकसहित पक्राउ

पोखरा । बाग्लुङ जिल्लामा एक थान भरूवा बन्दुकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जैमिनी नगरपालिका–८ गाईधुने हुनेहवा सामुदायिक वनको समाखरी भन्ने स्थानबाट १ थान भरूवा बन्दुकसहित सोही नगरपालिका–८ बस्ने बाँकेको राप्ती सुनारी गाउँपालिका–१ घर भएका ३२ वर्षीय बिष्णु कुमाल समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ ।

उक्त स्थानमा भरूवा बन्दुक पडकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छिस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको छ ।

उता, रुकुम पूर्वमा तीन थान भरूवा बन्दुक पनि प्रहरीले बरामद गरेका छ ।

भुमे गाउँपालिका–८ कुजचर्वाङ खोलासस्थित जंगलबाट भरूवा बन्दुक ३ थान बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उक्त जंगलको ओढारमुनि लुकाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

Published : Friday, 2024 January 19, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया