बाँकेका छ जना बाग्लुङमा बन्दुकसहित पक्राउ
पोखरा । बाग्लुङ जिल्लामा एक थान भरूवा बन्दुकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जैमिनी नगरपालिका–८ गाईधुने हुनेहवा सामुदायिक वनको समाखरी भन्ने स्थानबाट १ थान भरूवा बन्दुकसहित सोही नगरपालिका–८ बस्ने बाँकेको राप्ती सुनारी गाउँपालिका–१ घर भएका ३२ वर्षीय बिष्णु कुमाल समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत प्रहरीले जनाएको छ ।
उक्त स्थानमा भरूवा बन्दुक पडकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छिस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको छ ।
उता, रुकुम पूर्वमा तीन थान भरूवा बन्दुक पनि प्रहरीले बरामद गरेका छ ।
भुमे गाउँपालिका–८ कुजचर्वाङ खोलासस्थित जंगलबाट भरूवा बन्दुक ३ थान बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उक्त जंगलको ओढारमुनि लुकाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया