व्यूरोद्वारा मेत्रावतीका वीरबहादुर ३२ वर्षपछि पक्राउ
काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरो, बबरमहलले ५७ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरेको छ ।
मानव बेचबिखन मुद्दामा फरार रहेका तामाङलाई व्यूरोले ३२ वर्षपछि पक्राउ परेको विज्ञप्तिमार्फत जनाएको छ ।
धादिङको मेत्रावती गाउँपालिका वडा नं. २ का तामाङलाई बुधबार ललितपुर महानगरपालिकाको वडा नं. १४ तिखेदेवलबाट पक्राउ गरेको छ ।
एक महिलालाई ब्रुनाइ पठाइदिन्छु भनेर तामाङले झुक्याएर २०४७ सालको चैत ३ गते भारतको पश्चिम बंगाल पुर्याएका थिए ।
काठमाडौंबाट लगेर काकडभिट्टा हुँदै पश्चिम बंगालको बागडोरामा पुर्याएर ती महिलालाई भारतीय नागरिकसँग दश हजार रुपियाँ (भारतीय मुद्रा)मा तामाङले बिक्री गरेका थिए ।
भारतीय नागरिकले रिक्सामा राखेर लग्दै गरेको बेलामा ती महिला हामफालेर भागेकी थिइन् ।
भागेर उनी भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । भारतीय प्रहरीले महिलालाई काकडभिट्टासम्म पुर्याएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया