प्रहरी प्रवक्तामा डीआईजी ढकाल नियुक्त
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी नायव महानिरीक्षक ढकाललाई ९८५१२–९२१११ मा सम्पर्क गर्न सकिनेछ ।
यसअघि, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की प्रहरीको केन्द्रीय प्रवक्तामा तोकिएका थिए । कार्कीको स्थानमा डीआईजी ढकाल आएका छन् ।
Published : Wednesday, 2024 January 17, 8:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया