माघे सङ्क्रान्तिले राष्ट्रिय एकता र धार्मिक सद्भाव कायम गरेको छ : सभापति खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुगेको भन्दै शुभकामना दिएका छन् ।
सोमबार शुभकामना दिँदै सभापति खतिवडाले नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरूले आ–आफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रुपमा मनाउने माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्व मनाउने गरेको बताएका छन् ।
उनले १२ महिनामा वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिहरूमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे सङ्क्रान्ति विशेष महत्वपूर्ण मानिने पनि बताएका छन् ।
आजको दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति या माघीका रुपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाइने गरिएको पनि सभापति खतिवडाले बताएका छन् ।
प्रकृतिपूजक पर्वका रुपमा मनाइने यस पर्वमा तिल, तरुल, घिउ, सख्खरका विभिन्न परिकारहरू, विभिन्न सांस्कृतिक महोत्सव र झाँकीहरू, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन, तीर हान्ने खेल लगायतका क्रियाकलापहरू गरेर माघी पर्व मनाउने गरिएको उनले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया