मधुवनमा महिलाको जलेर मृत्यु

मधुवन । बर्दिया जिल्लामा आगोले जलेर ७५ वर्षीया वृद्ध महिलाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोक बस्ने चिन्की थरुनीको आगोले जलेर आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किँदा थरुनीको जलेर घटनास्थलमै मृत्यु भएको थियो ।

Published : Monday, 2024 January 15, 12:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया