लुम्बिनीमा ट्रायल दिँदा स्वयच्छाले सवारी साधन प्रयोग गर्न पाउने, मापदण्ड नपुगेका ट्रायल सेन्टर बन्द हुने
देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने क्रममा ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वयच्छाले प्रयोग गर्न दिन निर्देशन दिएका छन् ।
बुधबार देउखुरीको मसुरियास्थित मन्त्रालयमा मन्त्री राणाले सचिव उमेश ढुंगाना, यातायात कार्यालयका प्रमुखहरुलाई ट्रायलका क्रममा परीक्षार्थीलाई स्वयच्छाले सवारी साधन प्रयोग गर्न निर्देशन दिएका हुन् ।
शुल्क लिएर ट्रायल सेन्टरमा ट्रायल सेन्टरकै सवारी साधन अनिर्वाय प्रयोग गर्नुपर्ने व्यवस्था छ । त्यो व्यवस्था हटाउन मन्त्री राणाले हटाउन आदेश दिएका हुन् ।
चालक अनुमतिपत्र लिने क्रममा परीक्षार्थीले स्वयच्छाले सवारी साधन ट्रायलका क्रममा प्रयोग गर्न पाउनुपर्ने माग उठेका बेला मन्त्री राणाले सर्वसाधारणलाई सहज हुने गरेर सवारी चालक अनुमति पत्र दिने व्यवस्था मिलाउन भनेका हुन् ।
उनले छिटो र सहज तरिकाले चालक अनमुति पत्र दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
उनले भने, ‘चालक अनमति पत्र लिने क्रममा ट्रायल दिँदा परीक्षार्थीलाई स्वयच्छाले सवारी साधन प्रयोग गर्न दिन निर्देशन दिएको छु । सचिवसहित कर्मचारीहरुलाई के के निर्णय गर्नुपर्छ ? के के तयारी गर्नुपर्छ ? गर्नुस् भनेको छु । सेवाग्राहीलाई सहज हुने गरेर परिणाम दिनेगरि काम गर्न भनेको छु ।’
मन्त्री राणाले लुम्बिनी प्रदेशभित्र रहेका मापदण्ड नपुगेका ट्रायल सेन्टरहरुमा अनुगमन गरेर बन्द गराउन पनि निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेशमा अधिकांश ट्रायल सेन्टरहरु मापदण्ड नपुगेको गुनासाहरु आएका बेला मन्त्री राणाले ती ट्रायल सेन्टरलाई मापदण्डभित्र ल्याउन भनेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया