असई भण्डारीलाई आयोगको टोलीद्वारा पक्राउ
देउखुरी । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन् ।
असई भण्डारी ८ हजार घुस लिएको आरोपमा पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जनाएको छ । असई भण्डारी प्रहरी चौकी खडैचामा कार्यरत छन् ।
असई भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जनाएका छन् ।
Published : Thursday, 2024 January 11, 8:32 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया