रौटहटमा गाई, गोरु र बाछीहरु बरामद
काठमाडौं । अवैध रुपमा भन्सार छली चोरी निकासी गरी लैजादै गरेको अवस्थामा प्रहरीले गाई, गोरु र बाछी बरामद गरेको छ ।
बुधबार साढे ४ बजेको समयमा प्रहरी चौकी महादेवपट्टी रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको गौर नगरपालिका वडा नं.२ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी÷ निकासी गरी गाई र गोरु भारततर्फ लैजादै गरेको अबस्थामा प्रहरीले वेवारिसे अबस्थामा रहेको गाई, गोरु र बाछीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले गाई १० वटा, गोरु १ वटा र बाछी ६ वटा गरी जम्मा १७ बटा गाई, गोरु र बाछी अन्दाजी मूल्य एक लाख छयान्नबे हजार बरावरको स्थानीय मानिसहरुको रोहवरमा बरामद गरेको रौतहट प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Published : Wednesday, 2024 January 10, 11:22 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया