माओवादी निकटका शर्मा गुल्मीको सीडीओ
काठमाडौं । गृह मन्त्रालयले उप–सचिव कृष्ण शर्मालाई गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी दिएको छ ।
बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गरेर शर्मालाई गुल्मीको सीडीओ बनाएका हुन् । शर्मा माओवादी निकट मानिन्छन् ।
शर्मा गृह मन्त्रालयको प्रशासन महाशाखा अन्तर्गतको निजामती कर्मचारी प्रशासन शाखाको प्रमुख रहेका थिए ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी सह–सचिव टेकबहादुर केसी बिहीबारदेखि अनिवार्य अवकाशमा गएका छन् ।
Published : Saturday, 2024 January 6, 10:04 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया