काठमाडौंमा प्रहरीद्वारा दुई स्थानमा छापा, जुवा खेल्ने गिरोह पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–९ गोकर्ण भगवतीस्थानस्थित सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भएका ४४ वर्षीय दुर्गालाल तामाङको टहराबाट जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–१७ कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ९ सय रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया