ललितपुरका लामा १० करोड काण्डमा पक्राउ
काठमाडौं । प्रहरीले ४७ वर्षीय लालबहादुर लामालाई १० करोड रूपियाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपियाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक लामालाई सोमबार दिउँसो पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको महाराजगंजस्थित ट्रेनिङ सेन्टर संचालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लामाले पीडितहरूबाट रकम ठगी गरी फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३१ शंखमूलबाट पक्राउ गरेको छ ।
लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपियाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको उजुरीमा उल्लेख छ । कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद भएको छ । लामालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया