दिक्तेलका दाहाल बुढानिलकण्ठबाट पक्राउ
काठमाडौं । अजरबैजान पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ५१ वर्षीय हरिकुमार दाहाललाई पक्राउ गरेको छ ।
६ लाख ७७ हजार रूपियाँ ठगी गरेको अभियोगमा खोटाङको दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका–६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
दाहालले १ जनालाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाई होटलमा मासिक ७५ हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेका थिए ।
दाहाललाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले दाहाललाई काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया