काठमाडौंमा ओखलढुङ्गाका गुरुङको कोठामा छापा, ठूलो रकमसहित २१ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई ठूलो रकमसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–८ सिफल डेरा गरी बस्ने ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा प्रहरीले छापा हानेर २१ जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ११ हजार ३ सय रुपियाँसहित पक्राउ गरेको छ ।

Published : Wednesday, 2023 December 27, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया