काठमाडौंमा रश्मिलाज फेसियल हाउसको १६औं वार्षिकोत्सव मनाइयो

काठमाडौं । रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयर, काठमाडौंले आफ्नो १६औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ ।

१७ वर्षदेखि निरन्तर सौन्दर्य क्षेत्रमा सेवा दिँदै आएको पुरानो फेसियल हाउसका रुपमा परिचित रश्मिला फेसियल हाउसले अन्तर्राष्ट्रियस्तरको प्रबिधिबाट सेवा दिँदै आएको छ ।

रश्मिलाजले पुस १० गते काठमाडौंको गोंगबु टाउन प्लानिङमा रहेको मानव सेवा आश्रममा आश्रित ५६ जना बृद्ध/बृद्धा, असक्त र अनाथ बालबालिकालाई भोजन गराएर मनाएको छ ।

रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयर, काठमाडौं मल सुन्धराको पहिलो तला र चौंथो तल्लामा पसल नं. ११८ र ४०१ मा रहेका छन् ।

बिजी मल, गोंगबुको चौंथो तल्ला र बुद्धमल, बालाजुमा पहिलो तल्लासहित चार स्थानमा शाखाहरू रहेका छन् ।

ती शाखाबाट रश्मिलाजले आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

चरम आर्थिक मन्दीले गर्दा व्यापार व्यवसायमा प्रतक्ष्य असर पारिरहे पनि रश्मिलाजले सेवा प्रदान गर्दै आएको छ ।

रश्मिलाजका संरक्षक प्रकाशकुमार श्रेष्ठकी दिदी ज्योति श्रेष्ठको ९ दिन अगाडि काठमाडौंमा निधन भएको थियो । पारिवारिक शोकका कारण रश्मिलाजले पहिला जस्तो भव्य कार्यक्रम गरेको छैन ।

रश्मिलाजले ६० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको छ । हजारौंलाई शिपमुलक तालिम दिएको छ । आफ्ना ग्राहकको सेवा सुबिधालाई ध्यानमा राख्दै आधुनिक पद्दतिद्वारा सेवा प्रदान गरेको छ ।

श्रेष्ठले ग्राहकको विश्वास र मायाप्रति इमान्दारिता, मेहनत र गुणस्तरीय सेवाले गर्दै आएको बताएका छन् ।

रश्मिलाज सौन्दर्यप्रति सचेत महिला र पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य रहेको श्रेष्ठले बताएका छन् । उनले रश्मिलाजमा दक्ष र अनुभवी सौन्दर्यकर्मीबाट सेवा दिने गरिएको बताएका छन् ।

महिला तथा पुरुष ग्राहकहरूको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिँदै आएको रश्मिलाजमा फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेशल डिजाइनमा हेयर कटिङ्ग, हेयर कलरिङ, हेयर बोटक्स तथा केराटिन ट्रिटमेण्ट, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरू प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष तथा वरिष्ठ व्यूटिसियन रश्मिला श्रेष्ठले बताएकी छिन् ।

Published : Wednesday, 2023 December 27, 12:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया