पूर्वराज शाहलाई भैरहवामा अभिनन्दन हुने, कपिलवस्त पनि जाने
भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दन हुने भएको छ ।
भैरहवाको सुगरमिल क्षेत्रमा पूर्वराजा शाहलाई साढे १२ बजे नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
पूर्वराजा शाह आइतबार भैरहवा विमानस्थलमा उत्रिएका छन् । उनी भैरहवामा बसेका छन् । उनी मंगलबार बुटवल पुगेका छन् ।
पूर्वराजा शाह कपिलवस्तु, नवलपरासी तथा रुपन्देहीका विभिन्न धार्मिक स्थलहरूको दर्शन तथा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
नागरिक अभिनन्दन समारोह मूल समिति रुपन्देहीले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरेर पूर्वराजाको भ्रमण कार्यक्रमबारे जानकारी गराएको छ ।
एमालेका पूर्व नेता समेत रहेका समितिका संयोजक डा. रामप्रसाद बस्यालले पुस १४ गते पूर्वराजा शाह कपिलवस्तु पुग्ने बताएका छन् । पूर्वराजा शाह पुस १७ गते नवलपरासी जाने कार्यक्रम रहेको छ ।
पत्नी पूर्वरानी कोमल शाहसहित पूर्वराजा शाह भैरहवामा आएका छन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेका छन् ।
रुपन्देहीमा रहेका निलकण्ठधाम, दर्बाहा मन्दिर, बुटवलको शिव मन्दिर, जितगढीलगायतमा दर्शन गर्ने कार्यक्रम पूर्वराजा शाहको रहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया