कांग्रेस नेता तिमिल्सिनाद्वारा स्व.सुमितका आमा–बुबालाई चेक हस्तान्तरण
गुलरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बाघको आक्रमणबाट मृत्यु भएका १२ वर्षीय सुमित थारूका आमा–बुबालाई राहत स्वरुप एक लाखको चेक हस्तान्तरण गरेका छन् ।
सोमबार बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ४, बैरिया गाउँमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा तिमिल्सिनाले नगरपालिकाको तर्फबाट प्राप्त आर्थिक सहयोगलाई हस्तान्तरण गरेका हुन् ।
मिति २०८०/०९/०७ गते दिउँसो १२ बजेको आसपासमा स्थानीय रामशंकर थारूको छोरा सुमित थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेर सुमितको मृत्यु भएको थियो ।
कांग्रेसका नेता तिमिल्सिनाले स्व.सुमित थारुको जीवन रक्षा गर्न नसके पनि राहत स्वरुप आमा–बुबालाई आर्थिक सहयोग गरिएको बताएका छन् ।
बर्दिया जिल्लामा आरक्षणका जंगली जनावरले आक्रमण गरेर स्थानीयको ज्यान लिने गरेका छन् । जीवन रक्षाका लागि विभिन्न प्रयासहरू भए पनि जंगली जनावरको आक्रमण रोकथाम हुन सकेको छैन ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया