कान्तिपुरभित्र कम्युनिस्टहरू हाबी, पाठकलाई हटाएर पौडेललाई भित्र्याए
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियाले कान्तिपुर टेलिभिजनको प्रधान सम्पादकबाट दिलभुषण पाठकलाई हटाएका छन् ।
पाठकले प्रधान सम्पादक पदबाट राजीनामा दिएका छन् । पाठक नेपाली कांग्रेस निकटका मानिन्छन् । सिरोहियासँग खटपट भएपछि पाठकले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।
कान्तिपुर मिडिया ग्रुपका मिालक सिरोहिया र छोरा सम्भव सिरोहियाले नयाँ प्रधानसम्पादकको रूपमा विजय पौडेललाई नियुक्ति दिएको स्रोतले जनाएको छ । पौडेल एमाले निकटका पत्रकार हुन् ।
पाठक २०७८ भदौमा कान्तिपुर टिभीको प्रधानसम्पादक भएका थिए । सम्पादकको रूपमा पाठकको यो दोस्रो कार्यकाल थियो ।
उनको नेतृत्वमा कान्तिपुर टिभीमा दैनिक १४ वटा समाचार बुलेटिन र हप्ताको तीनवटा टक शो सञ्चालन हुँदै आएका थिए ।
पाठक आफैंले सञ्चालन गर्ने टफ टक लोकप्रिय टेलिभिजन कार्यक्रमका रूपमा मानिन्छ । कान्तिपुर टिभीको नयाँ प्रधानसम्पादक पत्रकार विजय पौडेल नियुक्त हुने भएका छन् ।
सिरोहियाले कान्तिपुर टिभीमा समाचार बाचक रूपेश श्रेष्ठलाई सम्पादकका रूपमा फर्काउने निर्णय पनि गरेको छ ।
सिरोहियाले कान्तिपुर मिडिया ग्रुपमा कम्युनिस्टहरूलाई निकै हाबी बनाएका छन् । कान्तिपुरका पत्रकार, कर्मचारीहरूलाई तलब नदिएर हैरान बनाएपछि आन्दोलन समेत भएको थियो ।
हालै कैलास सिरोहियाले आफ्ना छोरा सम्भव सिरोहियाको करोडौं रुपियाँ खर्च गरेर धुमधामका साथ नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडाकी छोरी श्रृङ्खला खतिवडासँग विवाह गरिदिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया