सशस्त्र प्रहरीद्वारा कस्तुरीको बिना बरामद
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको छ ।
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिकाको वडा नं. १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१ ग्राम रहेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्याक्तिले सशस्त्र प्रहरीलाइ देख्ना साथै आफूले बोकेको झोला फालेर भागेका थिए ।
उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेको हो ।
बरामद कस्तुरीको बिना जस्तो देखिने बस्तु आवश्यक अनुसन्धान कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया