काठमाडौंमा युवती सप्लाइ गर्ने सुमन पक्राउ
काठमाडौं । ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा प्रहरीले २४ वर्षीय सुमन तामाङलाई पक्राउ गरेको छ ।
टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
नयाँबसपार्कमा रहेका बिभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्याबृत्ति तथा यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाहरुलाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई ललाई फकाई होटल÷गेष्ट हाउसहरुमा वेटर तथा सरसफाईको काममा लगाई दिने भन्दै बेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकाहरुलाई बिगत ५ महिनादेखि होटल÷गेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया