प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते
लमही । प्यूठान जिल्लामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छभने चार जना घाइते भएका छन् ।
स्वर्गद्वारी नगरपालिका–५ आमडाँडास्थित सडकमा लु.२ च ६१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जीपमा सवार सोही नगरपालिका–५ डाँडागाउँ बस्ने ६८ वर्षीया झमी घर्ती मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
Published : Friday, 2023 December 22, 8:50 am
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया