प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते
लमही । प्यूठान जिल्लामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छभने चार जना घाइते भएका छन् ।
स्वर्गद्वारी नगरपालिका–५ आमडाँडास्थित सडकमा लु.२ च ६१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जीपमा सवार सोही नगरपालिका–५ डाँडागाउँ बस्ने ६८ वर्षीया झमी घर्ती मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
Published : Friday, 2023 December 22, 8:50 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया