माओवादीद्वारा लक्ष्मीलाई पशुपतिमा नियुक्त
काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा माओवादी केन्द्रकी नेतृ लक्ष्मी पुनलाई नियुक्त गरेको छ ।
लक्ष्मीलाई माओवादीले कार्यकारी निर्देशकमा नियुक्ति गरेर पशुपति क्षेत्र विकास कोसमा प्रवेश गराएको छ ।
यसैबीच, पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् ।
कोषको बुधबार बसेको बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।
राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ । पशुपति दर्शन गर्न आउनेहरूको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया