नेपाल एयरलाइन्सले १ वर्षभित्र सवा २२ अर्ब कमायो
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षमा सवा २२ अर्ब रुपियाँ आम्दानी गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गरेर निमगले आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपियाँ आम्दानी भएको जनाएको छ ।
कोभिड–१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख रुपियाँ आम्दानी गरेको निगमले आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ४६ करोड रुपियाँ आम्दानी गरेको थियो ।
निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार वटा जहाज छन् । आन्तरिकमा २ वटा जहाज मात्र उड्न योग्य अवस्थामा छन् । निगमले ग्राउण्ड ह्याण्डेलिङबाट पनि आम्दानी गर्दै आएको छ ।

Published : Tuesday, 2023 December 19, 8:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया