ईयूको कालोसूचीबारे संसदीय समितिमा छलफल
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल नागरिक उड्डयन युरोपेली युनियन (ईयू)को कालोसूचीमा दोहोरिएको विषयमा स्पष्टीकरण लिएको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल वायुसेवा निगमका पदाधिकारीहरूसँग कालोसूचीमा परेको विषयमा जानकारी माग गरिएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निरन्तर निगममाथि लगाइएको आरोपको अस्वीकार गरेका छन् ।
‘नेवानिका कारण मात्र नेपाल कालोसूचीमा परेको भए नेपाल मुलुक कालोसूचीमा पर्ने थिएन, हाम्रो कम्पनीमात्र कालोसूचीमा हुने थियो’, अध्यक्ष अधिकारीले भने ।
समितिले पुस ५ गते नेवानिलाई ईयूले उठाएका विषय र यसको सम्बोधनका लागि गरिएका कार्ययोजनाबारे तयारीसहित आउन निर्देशन दिएको छ ।
निगमका पदाधिकारीले ईयूले कुल २५ वटा बुँदामा प्रश्न उठाएको र त्यसमध्ये केही सम्बोधन समेत गरिएको बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया