रक्तचन्दनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित कारखाना चोकबाट ५ सय ८० ग्राम रक्तचन्दन जस्तो देखिने काठसहित एक जना पक्राउ परेका छन् ।

भारतको मोतीहारी घर भई हाल काठमाडौं महानगरपालिका–८ पशुपति बस्ने २२ वर्षीय नवउदिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले दिल्लीबाट काठमाडौं चल्ने मन्जुश्री यातायातको बा.४ ख २३८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा चौधरीको साथबाट रक्तचन्दन फेला पारी पक्राउ गरेको हो ।

Published : Saturday, 2023 December 16, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया