शर्मिलाले तारालाई कुटिन, ताराले मनोजलाई थुकेर लात हानिन्
काठमाडौं । स्वघोषित अभियन्ता तारा बराललाई अर्की स्वघोषित अभियन्ता शर्मिला वाइबाले कपालबाट लुछेर कुटपिट गरेकी छिन् ।
शुक्रबार काठमाडौंमा रातिको समयमा साेम शर्माकाे जन्मदिनको पार्टी मनाउने कार्यक्रमका बेला सडकमा ताराले यूट्युबर मनोज मेहता (मानव)लाई थुकेर कुटपिट गरेकी छिन् । मनोजलाई कुटपिट गर्न खोजेपछि शर्मिलाले तारालाई झापड हानेकी हुन् ।
यूट्युबमा रहेको एक भिडियोमा ताराले मनोजलाई थुकेर, लात हानेकी छिन् । मनोजले कुनै प्रतिवाद गरेका छैनन् ।
त्यसपछि हो–हल्ला भइरहेका बेला पछाडिबाट आएकी शर्मिलाले ताराको कपाल समातेर लुछेकी छिन् । शर्मिलाले तारालाई दनादन झापड हानेको भिडियोमा देखिएको छ ।
कथित अभियन्ताद्वय शर्मिला र तारा निकै विवादित महिला हुन् । उनीहरूका बीच छत्तीसको आँकडा छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया