कुलेश्वरमा जुवा खेल्ने अड्डामा प्रहरी छापा, मुकेशसहित ६ जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट छ जनालाई पक्राउ गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका–१४ कुलेश्वर डेरा गरी बस्ने भारतको बिहार घर भएका २६ वर्षीय मुकेश कुमारको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले बुधबार छापामारेको जनाएको छ ।
कुमार समेत ६ जनालाई पक्राउ गरेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपियाँ र ३ बुक ताससहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Friday, 2023 December 15, 11:55 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया